birat ribon

रेमडिसिभिरको तस्करी

Neuro
रेमडिसिभिरको तस्करी

विराटनगर, १४ मंसिर । कोरोना संक्रमितको उपचारमा रेमंडिसिभिर इन्जेक्सनको प्रयोग हुन थालेपछि भारतदेखि नेपालमा यसको अधिक मात्रमा तस्करी भइरहेको पाइएको छ ।

cura insider

सरकारले सीमित आयातकर्तालाई मात्र अनुमति दिएको र संक्रमितको संख्या बढ्दै जाँदा माग बढेकोले तस्करीको बाटोबाट रेमांडसिभिर आइरहेको हो । विश्व स्वास्थ्य संगठनले प्रभावकारी नरहेको बताए पनि नेपालमा संक्रमितको उपचारमा यो प्रभावकारी देखिएको सरकारले बताउँदै आएको छ ।

तर, वैधानिक रूपमा यसको आयात पूर्ण रुपमा खुल्ला नगरिएको कारण भारतबाट तस्करी गरि तीन गुणा बढी मूल्यमा यसको बेचबिखन भइरहेको हो । भारतमा प्रति भाइल भारु २ हजार आठ सयदेखि चार हजार पाँच सय रुपैयाँमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ ।

मंसिर ८ मा मोरङ प्रहरीले विराटनगर १२ सैनक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करी गरेर ल्याएको औषधि बरामद गर्दा १० भाइल रेमडिसिभिर फेला परेको प्रहरीले जनाएको छ । यसबाट औषधि तस्करी गर्नेले रेमडिसिभिरको पनि तस्करी गरिरहेको खुलेको छ ।

बरामद गरेको औषधिसहित यादवलाई आवश्यक कारबाहीका लागि प्रहरीले औषधि व्यवस्था विभागको जिम्मा लगाएको छ । एसपी सन्तोष खड्काका अनुसार विशेष सूचनाको आधारमा तस्करीको औषधि भण्डारण गरिएको ठाउँबाट बरामद भएको हो । हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon