birat ribon

नेपालमा पाँच हजार बढी स्वास्थ्यकर्मी संक्रमित

Neuro
नेपालमा पाँच हजार बढी स्वास्थ्यकर्मी संक्रमित

विराटनगर, १४ मंसिर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।

तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्स, स्वास्थ्यकर्मी छन् । कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् ।

cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उनी यतिखेर मन्त्रालयको नियमित काममा फर्किसकेका छन् । उनले दसैंमा आफै टीका लगाएका थिए । आमाबुबाले मुछेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनुपरेको खल्लो अनुभव छ डा. अधिकारीसँग छ ।

विराटनगरका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको अनुभव छुट्टै छ । उनी पनि १० दिनसम्म आईसीयूमा बसेर बल्लतल्ल कोरोनालाई जित्न सफल भए । कोरोना भएपछि विराटनगरबाट गत साउन २० गते हवाइजहाज चार्टर गरेर काठमाडौँको शिक्षण अस्पताल पु¥याइएको थियो ।

चिकित्सकहरूको नियमित उपचारले निको नभएपछि उनले भारतबाट औषधि ल्याई उपचार गरेपछि कोरोनालाई जित्न सफल भएका थिए । डा. कार्की नेपालमा प्लाज्मा थेरापी विधीबाट उपचार गरिएका पहिलो संक्रमित हुन् । उनले आफू सात दिनसम्म मृत्युसँग जुधेर बाँचेको भन्दै त्यही भएर आफू कार्यरत अस्पतालमा २० वटा भेन्टिलेटर थपेर कोरोना सङ्क्रमितको उपचार गराइरहेको जानकारी दिए ।

नेपाल चिकित्सक सङ्घका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई प्रदेश–२ मा सञ्चालित कोरोना अस्पतालको अनुगमन गर्ने क्रममा कोरोना सङ्क्रमण भएको थियो । श्वास फेर्न गाह्रो भएपछि उनी टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भई आईसीयूमा उपचार गरी कोरोनालाई जितेका थिए । उपचारका क्रममा उनको फोक्सोमा ५० प्रतिशत असर भइसकेको थियो । अहिले कोरोनामुक्त भएर उनी काममा फर्किसकेका छन् । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon