birat ribon

रोनाल्डोविनाको खेलमा युभेन्टस बराबरीमा रोकियो

Neuro
रोनाल्डोविनाको खेलमा युभेन्टस बराबरीमा रोकियो

विराटनगर, १४ मंसिर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

cura insider

बेनेभेन्टोको मैदानमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । २१औं अल्भारो मोरोटाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले फेडेरिको चिसाको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा गेटानो लेटिजियाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

खेलको इन्ज्युरी समयमा युभेन्टस दस खेलाडी सीमित बन्न पुगेको थियो । गोलकर्ता मोरोटाले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएका थिए ।

यस खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने उपस्थित थिएनन् ।

बराबरीसँगै युभेन्टसले ९ खेलबाट १७ अंक जोडेको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ ।
बेनेभेन्टो भने १० अंकका साथ १२औं स्थानमा छ ।

jackson ribon