birat ribon

अन्तिम समय थामिन नसक्दा लिभरपुल बराबरीमा रोकियो

Neuro
अन्तिम समय थामिन नसक्दा लिभरपुल बराबरीमा रोकियो

विराटनगर, १३ मंसिर । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा लिभरपुल ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राइटनको मैदानमा लिभरपुलका लागि डिएगो जोटाले गोल गरे । यस्तै ब्राइटनका पास्कल ग्रोबले एक गोल फर्काए ।

cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६०औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलकाे अन्तिम समयमा ब्राइटनका ग्रोबले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काएका थिए ।

त्यसअघि लिभरपुलले २ गोल गरेको थियो । लिभरपुलका मोहम्मद सालाहले ३३औं मिनेटमा र साडियो मानेले ८३औं मिनेटमा गोल गरेका थिए ।

तर, भीएआरको सहायतामा रेफ्रीले दुवै गाेललाई मान्यता दिएनन् ।

यससँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले १० खेलबाट २१ अंक बनायो । ब्राइटन भने १० अंकका साथ १६औं स्थानमा छ ।

jackson ribon