birat ribon

प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

Neuro
प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

विराटनगर, १३ मंसिर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमुना परिक्षण गराउँदा ७२ वर्षीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

cura insider

प्रमुखको सचिवालय सदस्य खेमराज अधिकारीका अनुसार शुक्रबार राती कोरोनो संक्रमण पुष्टि भएको हो ।

प्रमुख अधिकारीसंगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ ।

संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रमुख अधिकारी केहीदिन अघि पोखरास्थित निवास पुगेर विराटनगर बिहीबार फर्किएका थिए । पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ ।

यसअघि प्रदेश १ मा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेमा समेत संक्रमण पुष्टि भएको थियो । दुवै जना संक्रमण मुक्त भएर सामान्य दैनिकीमा फर्किसकेका छन् ।

jackson ribon