Rumpum Advertisement

उर्लाबारीमा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भिर घाइते

उर्लाबारीमा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भिर घाइते

विराटनगर, १३ मंसिर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भिर घाइते भएका छन् ।

उर्लाबारी नगरपालिका – ८ गुरुङ टोल स्थित ईटहरा उर्लाबारी भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा नाम ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको हो ।

उर्लाबारीबाट इटहरा तर्फ जादै गरेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी – ८ घर भएका चालक ३० वर्षीय उपेन्द्र दनुवार र नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष गम्भिर घाइते भएका थिए ।

दुबैलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पठाएको थियो । अस्पतालमा उपचारको क्रममा पहिचान नखुलेका पुरुषको शनिबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।