birat ribon

नेपालमा दुई लाख ३० हजार नाघे कोरोना संक्रमित

Neuro
नेपालमा दुई लाख ३० हजार नाघे कोरोना संक्रमित

विराटनगर, १३ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको हो ।

cura insider

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ९ हजार ३ सय ६८ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय १५ जना संक्रमण मुक्त भएका छन् । याे सँगै संक्रमण मुक्त हुनेकाे संख्या २ लाख ११ हजार १८६ पुगेकाे छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।

jackson ribon