birat ribon

तीनवटा खुट्टा भाँचिएको भाले गैँडा मर्‍यो

Neuro
तीनवटा खुट्टा भाँचिएको भाले गैँडा मर्‍यो

चितवन, १३ मंसिर । चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।

cura insider

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्दार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो । सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए ।

चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैँडाको तीनवटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चारवटा चोरी शिकारीले मारेका हुन् ।

jackson ribon