Rumpum Advertisement

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रतिवेदन प्रस्तुत

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रतिवेदन प्रस्तुत

काठमाडौं, १३ मंसिर । आन्तरिक कलहमा फसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवासबालुवाटारमा जारी छ ।

शनिबार दिउँसो १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गरिरहेका छन् ।

गत २८ कात्तिकमा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि असन्तुष्ठ बनेका प्रधानमन्त्री ओलीले शनिबारकाे बैठकमा छुट्टै प्रस्ताव पेस गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

३ मंसिरमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावको प्रतिउत्तर फर्काउन १० दिन माग गरेका थिए । साे बैठकले मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बेलाउने निर्णय गरेकाे छ ।