Rumpum Advertisement

निर्मलाको आत्मालाई घात नपरोस्

Neuro
निर्मलाको आत्मालाई घात नपरोस्
डा. समीक्षा नेपाल

१३ बर्ष कि नानी,
हे पुरुष !
तिम्रो हवसको भोक बुझ्ने
उमेर थिएन उसको ।
ती ढाकिएको शरीरभित्र
डुल्दै गरेको तिम्रो गिद्धे नजर, अनि
नग्न सोचलाई धिक्कार्ने
अगृम दृस्टि थिएन उसको ।

भर्खर आफूलाई केलाउन थालेको
उसको यौवन नफक्री ओइलिनुप¥यो
ओइलिन मात्र छाडेनौ तिमीले
भुइँमा झरेर मैलिनुप¥यो ।
उखुको त्यो झाडीले
कति रक्तपिपासु देख्नुप¥यो ।
निर्मलाको कञ्चनपुर अब कहाँ कञ्चन रह्यो ?

छिः
लज्जा तुहिएको जातलाई ।
धिक्कार छ !
कुहिएको हातलाई ।
ती बालख आँखालाई
तिम्रा जोसिएका आँत भिजाउने मात बनायौ ।
तीनको मातिएको जोवनमा रुझ्नुपर्ने ?
हे प्रभु !
किन यो कहालीलाग्दो जात बनायौ ?

निर्मला,
मलाई थाहा छ–
साल कति बिते,
तिम्रा नयन अझै ओसिला छन्
तिम्रो कुमारित्वको आहालमा पौडी खेल्ने
ती दानब अझै जोशिला छन्
मलाई थाहा छ–
तिम्रा कानले टेकाएका चस्मा पनि
न्यायको प्रतिक्षामा
धमिला भए होलान् !
त्यो हृदयमा कति जडित प्रश्न
कति अव्यक्त उत्तर रहे होलान् !

हे राक्षस !
तलाई त ‘तिमी’ भन्न पनि सुहाउँदैन ।
ती दोषी हातलाई आज–
मृत्युको भात चटाउन मन छ ।
घाँटीको फाँसीले रात कटाउन मन छ ।
म निर्मलाकै जात,
आज काल बनेर,
तेरो मृत्युको थाल ठटाउन मन छ ।

हरे कानुन !
तिम्रो तराजुमा किन
अझै उसको मान अटाएन ?
विवश मातापितामाथि परेको बज्रपातले
किन दोषीलाई राँकोमा तताएन ?
तिम्रो न्याय यदि निश्चल छ भने,
ती नरभक्षीको जात नासियोस् !
पवित्रता लुछ्ने हात काटियोस् !
हे ईश्वर !
निर्मलाको आत्मालाई घात नपरोस् !