birat ribon

बच्चन पाण्डेमा अर्सिदको इन्ट्री

Neuro
बच्चन पाण्डेमा अर्सिदको इन्ट्री

विराटनगर, १४ मंसिर । बहुप्रतिक्षित फिल्म बच्चन पाण्डेमा अर्सिद वार्सीको इन्ट्री भएको छ ।

cura insider

फिल्ममा अक्षय कुमार र कृति सेनोन मुख्य भूमिकामा देखिँदै छ्न् । बच्चन पाण्डे एक रिमेक फिल्म हो ।

एक्सन कमेडीले भरिएको फिल्ममा पहिलो पटक अक्षय र अर्सिदले स्क्रिन शेयर गर्दै छ्न । हुन त केही महिनापहिले नै फिल्मको फस्टलुक पोस्टरसँगे अक्षयले सिनेमाको रिलिज मिति पनि तोकेका थिए तर कोरोना कहरका बीच फिल्मको सुटिङ गर्नसम्म सम्भव भएन ।

फिल्ममा अर्सिद वार्सीको अभिनय पनि रहने घोषणा गर्दै निर्माण टिमले फिल्मको सुटिङ जनवरी २०२१ देखि नै गरिने पनि बताएका छ्न् । फिल्ममा अक्षय कुमार एक ग्याङ स्टारको भूमिकामा देखिने छन् भने अर्सिद वर्सी अक्षयको साथीको भूमिका निर्वाह गर्दै छन् । यस्तै कृति सेनोन एक पत्रकारको भूमिकामा देखिने छिन् ।

अक्षयको यस सिनेमालाई साजिद नाडियालवाले निर्माण गर्नेछन् भने निर्देशन फरहाद समजीले गर्नेछन् ।

jackson ribon