birat ribon

विराटनगरमा साढे ६ हजार नाघे कोरोना संक्रमित, संक्रमणबाट ज्यान गुमाउने अधिकांश ज्येष्ठ नागरिक

Neuro
विराटनगरमा साढे ६ हजार नाघे कोरोना संक्रमित, संक्रमणबाट ज्यान गुमाउने अधिकांश ज्येष्ठ नागरिक

मोहन ढकाल

cura insider

विराटनगर, १३ मंसिर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ५१ पुगेको छ । समुदायस्तरमा संक्रमण देखिएको महानगरमा संक्रमिततको संख्या ६६५१ पुगेको हो । संक्रमित मध्ये ७१ जनाको मृत्यु भएको छ ।

कुन वडामा कति संक्रमित ?

विराटनगरको वडा नम्बर १ मा ५७८ जनामा संक्रमण देखिएको छ । यस्तै वडा नं. २ मा ४३१, वडा नं. ३ मा ८८१, वडा नं. ४ मा ६३९, वडा नं. ५ मा ५७१ जनामा संक्रमण देखिएको छ ।

वडा नं. ६ मा ३१६, वडा नं. ७ मा ३८०, वडा नं. ८ मा ५११, वडा नं. ९ मा १९८, वडा नं. १० मा ३ ४७, वडा नं. ११ मा ३२२, वडा नं. १२ मा ४२९ जनामा संक्रमण देखिएको छ । यसैगरी वडा नं. १३ मा १५७, वडा नं. १४ मा १०२, वडा नं. १५ मा १९९, वडा नं. १६ मा ७७, वडा नंं. १७ मा ३६ जनामा संक्रमण देखिएको छ ।

यस्तै वडा नंं. १८ मा १५ र १९ नं. वडामा ६० जनामा संक्रमण देखिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै वडा नखुलेका संक्रमितको संख्या ३ सय ४९ जना रहेको छ ।

महानगरको क्वारेन्टाइन र आइसोलेसनमा बसेका मध्ये विहिबार सम्म १ हजार ४ सय ६१ जना डिस्चार्ज भएका छन् ।अथिती सेवा सदन र पुरानो क्वारेन्टाइनमा संक्रमितको संख्या शुन्य छ ।

बैजनाथपुरको स्वास्थ्य चौकी आइसोलेसन, कालि सेवा सदन, होटल प्यासीफिक आइसोलेसनमा पनि संक्रमित नरहेको जनस्वास्थ्य निरिक्षक हैदर अलीले बताए ।

मारवाडी सेवा सदनमा भने १० जना संक्रमित बसेका छन् । विराटनगर महानगरमा विहिबारसम्म होम आइसोलेसना बस्नेको संख्या ३ हजार ४ सय ७२ जना रहेको छ । जसमा १ हजार ९ सय ८४ जना पुरुष र १ हजार ४ सय ८८ जना महिला रहेका छन् ।

जसमध्ये संक्रमण भएको १४ दिन नपुगेका संक्रमितको संख्या १ सय १० रहेको छ भने संक्रमण भएर चौध दिन कटेका सामान्य अवस्थाका संक्रमित अर्थात स्वत डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ६२ जना रहेको महानगरका स्वास्थ्य शाखाका हैदर अलिले बताए ।

महानगरमा मृत्युको अवस्था

महानगरको तथ्याङ्क अनुसार मंसिर ७ सम्ममा ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ । जसमा सबैभन्दा बढी वडा नं. ३ मा ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नं. २ र ५ मा ७÷७ जनाको मृत्यु भएको छ । यसैगरी वडा नंं. १२ मा ६ जनाको मृत्यु
भएको छ । यस्तै वडा नं. ७, ८ र १० मा ५÷५ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै वडा नं. १, ४, ९, ११ र १५ मा ४÷४ जनाको मृत्यु भएको छ । यस्तै वडा नं. ६ मा ३ जना र वडा नं. १६ मा २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यस्तै वडा नं. १४ र १९ मा १/१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण वडा नं. १३, १७ र १८ मा मृत्युदर शुन्य छ ।

उमेरअनुसार महानगरको मृत्युदरलाई विश्लेषण गर्दा ६० देखी ६९ उमेर समुहका २२ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै ५० देखि ५९ उमेर समुहका १४ जनाको मृत्यु भएको छ । ७० देखि ७९ उमेर समुहका १३ जना, ८० देखि ८९ उमेर समुहका ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी ४० देखि ४९ उमेर समुहका ८ जना, ३० देखि ३९ उमेर समुहका ४ जना र ९० वर्ष भन्दा माथिका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको महानगरको स्वास्थ्य शाखाले बताएको छ ।

jackson ribon