Rumpum Advertisement

विराटमा घुँडाको अर्थाेस्कोपी र लिगामेन्ट रि-कन्सट्रक्सन सर्जरी (फोटो फिचर)

विराटमा घुँडाको अर्थाेस्कोपी र लिगामेन्ट रि-कन्सट्रक्सन सर्जरी (फोटो फिचर)

विराटनगर, १३ मंसिर । विराट मेडिकल कलेजले पहिलो पटक घुँडाको आर्थाेस्कोपी र लिगामेन्ट रि-कन्सट्रक्सन सर्जरी गरेको छ । वरिष्ठ ट्रमा, स्पोर्ट्स र जोइन्ट रिप्लेसमेन्ट सर्जन विभूतीनाथ मिश्रसहितको टोलीले अर्थाेस्कोपी विधिबाट सफल शल्यक्रिया गरेको हो ।

विराट मेडिकल कलेजमा रहेको उच्च प्रविधियुक्त शल्यक्रिया कक्षमा गरिएको उक्त शल्यक्रिया निकै महँगो हो । तर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत शल्यक्रिया गरेको हो । यो शल्यक्रिया स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत नेपालमै पहिलो भएको अस्पताल प्रशासनको दावी छ ।

वरिष्ठ सर्जन मिश्रका अनुसार आर्थाेस्कोपी प्रविधिमा घुँडामा सानो प्वाल बनाएर क्यामेरासहितको औजारको प्रयोग गर्दै समस्या पत्ता लगाइन्छ र सोहीअनुसार उपचार गरिन्छ ।