birat ribon

उद्योग वाणिज्य महासंघ निर्वाचन जारी

Neuro
उद्योग वाणिज्य महासंघ निर्वाचन जारी

काठमाडौ, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज भइरहेको छ ।

cura insider

महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएटतर्फ ९ सय ३ जना, द्विराष्ट्रियतर्फ ६ जना, जिल्ला नगरतर्फ १ सय ५ जना र वस्तुगततर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छापछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

आज तीनवटै निर्वाचन केन्द्रहरुमा पुग्दा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसमूहका उम्मेदवारहरुले आफूतिर बढीभन्दा बढी मत तान्ने प्रयास गरिराखेको देखिएको छ । निर्वाचन केन्द्रमा भेटिएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले आफ्नो जित सुनिश्चित भएको बताएका छ् । यस्तै निर्वाचन सम्पन्न भएपछि कुनै पनि पक्षविपक्ष नभई महासंघ एउटै हुने पनि उनीहरुको भनाइ छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदमा चुनाव भइरहेको छ । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि सुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

jackson ribon