birat ribon

भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

Neuro
भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

विराटनगर, १३ मंसिर । गाईको बाच्छी मारेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै भाइ गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको बाच्छी मारेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । राईका अनुसार घरयासी विवादका क्रममा भाइले पालेको गाईको बाच्छीलाई भूपेन्द्रले हथौडाले हानेर मारेको खुलेको छ ।

cura insider

हथौडाले बारम्बार प्रहार गर्दा बाच्छी घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । हथौडासहित पक्राउ परेका भूपेन्द्रविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको डीएसपी राईले बताए ।

jackson ribon