birat ribon

सुनसरी र उदयपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Neuro
सुनसरी र उदयपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर, १३ मंसिर । प्रदेश १ को सुनसरी र उदयपुरमा भएको अलगअलग सवारी दुर्घटनामा परेर दुई जनाको मृृत्यु भएको छ ।

cura insider

सुनसरीको गडी गाउँपालिका– ३ स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट पल्टिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक गडी– ४ का २७ वर्षीय सुवास साहको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार गडी– ४ का १५ वर्षीय सागर साह र २५ वर्षीय अरुणकुमार साह घाइते भएका छन् ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा ढुंगा बोकेको ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । स १ त ५७९७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रु १६ वर्षीय किशोर हिक्मत नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon