birat ribon

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Neuro
जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

विराटनगर, १३ मंसिर । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा जन्ती बाकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

cura insider

मृतक सबै एउटै गाउँका हुन् । आठबसिकोट नगरपालिका–८ दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । शुक्रबार साँझ करिब ७ बजे आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जीप दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि फरार रहेका जीप चालक २८ वर्षीय डिल्लीबहादुर नेपालीको खोजी थालेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

jackson ribon