birat ribon

नेपाल–भारत सम्बन्धको जग बलियो

Neuro
नेपाल–भारत सम्बन्धको जग बलियो

विराटनगर, १३ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले नेपाल–भारतको सम्बन्ध दुई देशको सरकारको सम्बन्धभन्दा निकै उच्च रहेको बताएका छन् ।

cura insider

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उनले विभिन्न रूपमा रहेको सम्बन्ध दुई देशको सरकारभन्दामाथि रहेको बताए । दुई वर्षअघि नेपाल भ्रमणको स्मरण गर्दै उनले भने, “भारतको नेपालसँगको सम्बन्ध पारिवारिक र मैत्रीपूर्ण छ, यो यहाँका जनताको आपसी र गहिरो सम्बन्धको बलियो जगमा उभिएको छ, जुन सम्बन्ध दुई सरकारको सम्बन्धभन्दा धेरै माथि छ ।”

दुई देशको उस्तै भूगोल, सभ्यता, सम्पदा, संस्कृति र प्रथा परम्परा रहेको चर्चा गर्दै उनले जसमा जनसम्बन्ध अधिक शक्तिशाली रहेको स्पष्ट पारे  । दुवै देशका सरकार भावी पुस्ताप्रति जवाफदेही रहनुपर्ने भन्दै उनले दुई देशको हितमा काम गर्नुपर्नेमा जोड दिए । अबका दिनमा पनि घनिष्ट मित्र र छिमेकीका रूपमा सँगै काम गर्न आवश्यक रहेको औँल्याउँदै दुवै मुलुकका युवाको आकाङ्क्षा पूरा गर्न आवश्यक रहेको बताए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon