birat ribon

अमेरिकामा दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु

Neuro
अमेरिकामा दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु

विराटनगर, १३ मंसिर । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु भएको छ ।

cura insider

एकै दिन एक हजार तीन सय ११ जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या दुई लाख ७० हजार नौ सय ३८ पुगेको हो । आफूलाई विश्वकै शक्तिसाली भनेर चिनाउने अमेरिका पछिल्लो समय कोरोनाका कारण सबैभन्दा बढी प्रभावित छ । अन्य मुलुकको तुलनामा अमेरिकामा दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । ज्यान गुमाउने संक्रमितको संख्या पनि अरु मुलुकभन्दा बढी छ ।

अमेरिकामा हालसम्म एक करोड ३४ लाख ३८ हजार पाँच सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ४१ नयाँ संक्रमित थपिए । संक्रमितमध्ये ७९ लाख २० हजार छ सय ९४ जना उपचारपछि घर फर्किएका छन् । ५२ लाख ४६ हजार नौ सय १८ जना उपचाररत रहेकोमा २४ हजार चार सय २७ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा कोरोनाका कारण हालसम्म एक लाख ३६ हजार एक सय ९० जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये भारत विश्वकै दोस्रो नम्बरमा पर्छ । पछिल्लो २४ घण्टामा चार सय ३८ संक्रमितले ज्यान गुमाए ।

भारतमा हालसम्म ९३ लाख ४९ हजार दुई सय ८५ जनामा कोरोना पुष्टि भइसकेको छ । एकै दिन ३९ हजार चार सय १४ जना नयाँ बिरामी थपिए । संक्रमितमध्ये ८७ लाख ५७ हजार पाँच सय २४ जनाको उपचार सम्भव भएको छ । चार लाख ५५ हजार पाँच सय ७१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमित एक लाख ७१ हजार नौ सय ९८ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच सय एक जनाको मृत्यु भयो । संक्रमित संख्या ६२ लाख ३८ हजार तीन सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार सात सय ८० नयाँ संक्रमित ब्राजिलमा थपिएका छन् । संक्रमितमध्ये ५५ लाख ३६ हजार पाँच सय २४ जनाको सफल उपचार भएको छ । पाँच लाख २९ हजार आठ सय २८ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

रसियामा ३८ हजार पाँच सय ५८ संक्रमितले ज्यान गुमाइसकेका छन् । संक्रमित संख्या २२ लाख १५ हजार पाँच सय ३३ पुगेको छ । फ्रान्समा ५१ हजार नौ सय १४ जनाको मृत्यु भइसकेको छ भने संक्रमित संख्या २१ लाख ९६ हजार एक सय १९ पुगेको छ । स्पेनमा ४४ हजार छ सय ६८ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म १६ लाख ४६ हजार एक सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

विभिन्न मुलुकमा कोरोनाले ज्यान गुमानेको संख्या बढिरहँदा विश्वमा हालसम्म १४ लाख ४७ हजार नौ सय ९७ जनाको मृत्यु भइसकेको छ । एकै दिन १० हजार पाँच सय ५९ संक्रमितको मृत्यु भयो । विश्वमा संक्रमित संख्या छ करोड १९ लाख ३८ हजार ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ८७ हजार छ सय १२ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये चार करोड २७ लाख ५० हजार छ सय ९९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ७७ लाख ३९ हजार तीन सय ६६ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये एक लाख पाँच हजार एक सय ६९ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon