birat ribon

ओली पक्षलाई काउन्टर दिन प्रचण्ड- नेपाल पक्षकाे भेला इटहरीमा

Neuro
ओली पक्षलाई काउन्टर दिन प्रचण्ड- नेपाल पक्षकाे भेला इटहरीमा

विराटनगर, १२ मंसिर । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका छन् ।

cura insider

ओली पक्षलाई काउन्टर दिन बुधबार नेपाल र प्रचण्ड पक्षले इटहरीमा भेला गरेका हुन । इटहरी ब्याङकेटमा आयोजना गरिएको भेलामा नेपाल र ओलीपक्षका जिल्ला, प्रदेश र केन्द्रका करिब ४० जना नेता सहभागि थिए ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला १९ कात्तिकमा प्रधानमन्त्री ओलीले प्रदेश १ का आफू निकट नेताहरुको भर्चुअल भेला गराएका थिए । भेलामा संकट टार्ने एउटै उपाय भन्दै ‘जनताको बहुदलीय जनवाद (जबज)को मुद्दा उठाउन निर्देशन दिए ।

जबजको मुद्दाले पूर्व एमाले एक ठाउँमा आउने भेलाको निष्कर्ष थियो । तर एमाले र माओवादीबीच एकिकरण हुँदा एमालेको जबज र तत्कालीन माओवादीको ‘२१ औं शताब्दीको जनवाद’लाई एकता महाधिवेशनसम्म थाती राख्ने सहमति गरेको थियो ।

पार्टी बिवाद सामधान गर्नका लागि पहल गर्नुको साटो ओलीले जवजको अस्त्र प्रयोग गर्दा नेपाल– प्रचण्ड पक्ष ओलीसँग झन ससंकित बनेकाे छ ।

‘उहाँहरुको भेला धेरै ठूलो थियो, हामी त्यो लेबलमा गएनौं ।’ बैठकमा सहभागि एक नेताले भने ‘ हाम्रो एजेण्डा पार्टी एकता जोगाउन नेतृत्वलाई दवाव दिने थियो ।’

अाेली पक्षका एक नेताका अनुसार पार्टी फुटकाे अवस्थामा पुगे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रचण्ड- नेपाल पक्षाले भेला गरेकाे दाबि गरेका छन् ।

सुटुक्क आयोजना गरिएको छलफल गोप्य राखिएको थियो । इटहरी ब्यक्वेटको भेलामा सहभागि नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल भएको बताए । आसन्न केन्द्रीय समितिको बैठकमा जिल्ला र प्रदेश तहका नेताले सुझाव दिएको उनले बताए ।

‘पार्टी एकतालाई सुदृढ गराउने विषयमा सबैको एकमत रह्यो ।’ उनले भने ‘ आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुतका लागि भन्दै नेताहरुले सुझाव व्यक्त गर्नुभएको छ ।’ भेलामा पूर्व मन्त्री शिवकुमार मण्डल, राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीलगायत सहभागि थिए ।

jackson ribon