birat ribon

प्रदेशमा २२० कोरोना संक्रमित थपिए

Neuro
प्रदेशमा २२० कोरोना संक्रमित थपिए

विराटनगर, १२ मंसिर । प्रदेश १ मा २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना थपिएका हुन ।

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका हुन ।

cura insider

मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा १–१ जनामा संक्रमित थपिएका हुन ।

संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीयतह नखुलेका १–१, इलामको सुर्योदय र माईजोगमाईमा २–२, चुलाचुली र मांसेबुङमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६७९ पुगेको छ ।

प्रदेश १ मा आज १८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १७८, विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६७९ पुगेको छ ।

jackson ribon