birat ribon

छत्रपतीको रिमेकबाट बेलम्कोन्डा श्रीनिवास बलिउडमा डेब्यू गर्दै

Neuro
छत्रपतीको रिमेकबाट बेलम्कोन्डा श्रीनिवास बलिउडमा डेब्यू गर्दै

विराटनगर, १२ मंसिर । सन् २००५ मा रिलिज भएको तेलुगु एक्सन ड्रामा फिल्म छत्रपतीको बलिउड रिमेक बन्ने भएको छ । एसएस राजामौलीको निर्देशन र बीभीएसएनको निर्माणमा तयार पारिएको फिल्म छत्रपतीमा प्रभास र श्रिया सरन मुख्य भूमिकामा देखिएका थिए भने शफी, भानुप्रिया र प्रदीप रावत पनि फिल्ममा अभिनय रहेको थियो ।

लग्भग १५ वर्षपछि फिल्म छत्रपतीको बलिउड रिमेक बन्ने घोषणा भएको छ । फिल्मको रिमेक भर्सनमा तेलुगु सिनेमा जगतका स्टार बेलाम्कोन्डा साइ श्रीनिवास हुने भएका छन् ।

cura insider

बेलाम्कोन्डा साइ श्रीनिवास, जसले टलिउडमा ब्याक टु ब्याक फ्लप फिल्मको लाइन लगाएका थिए । पछिल्लो समय रिलिज भएको फिल्म ‘रक्षसुदु’ सुपरहिट भए पनि अन्य थुप्रै फिल्मले बक्स अफिसमा खासै राम्रो गरेन ।

यसैबीच फिल्म छत्रपतीको बलिउड रिमेकबाट बेलाम्कोन्डाले बलिउडमा डेब्यू गर्ने भएका छन् । छत्रपतीको बलिउड रिमेकलाई भिभी विनायकले निर्देशन गर्ने भएका छन् ।

एक्सन फिल्मको लागि बेलाम्कोन्डा साइ श्रीनिवासको लुक्स र पर्सोनालिटी मिल्दो छ तर छत्रपती एक एक्सन फिल्म मात्र होइन फिल्ममा प्रभासको एक एक डाइलग र अभिव्यक्तिले फिल्ममा ज्यान थपिदिएको थियो ।

jackson ribon