birat ribon

कपाल लामो बनाउनका लागि यी टिप्स प्रभावकारी

Neuro
कपाल लामो बनाउनका लागि यी टिप्स प्रभावकारी

विराटनगर, १२ मंसिर । लामो कपाल सबैलाई मनपर्ने हुन्छ । तर, कपाल बढाउँन सोचेअनुसार सजिलो पनि हुँदैन ।

cura insider

अपर्याप्त पोषण र क्षतिको कारणले गर्दा, कपालको वृद्धिमा बाधा पुगिरहेको हुन्छ । तर, केही सामान्य उपायले यी बाधालाई हटाएर कपाललाई पुनः पनि बढाउन मद्दत गर्न सक्छ ।

हरेक आठदेखि दस हप्तामा कपाललाई नियमित ट्रिम वा अलिकति काट्दा कपाल छिटो बढ्ने गर्छ ।

अत्यधिक फोहोर र घामको कारणले, कपालको टुप्पो प्रायः बिग्रने वा हाङ्गा (स्प्लिट इन्ड्स) बनेर टुट्ने हुन्छ । नियमित रूपमा कपाल ट्रिम गर्नाले ती हाङ्गा पनि काटिन्छन्, र कपाल बढ्ने प्रक्रियामा कुनै बाधा रहँदैन ।

स्कल्पको जराको तुलनामा कपालको तलको भाग पातलो र क्षतिग्रस्त हुन्छन् । कपालको तल्लो भागले राम्रो पोषण प्राप्त नगरेको कारण यस्तो हुने गर्छ । प्रत्येक पटक कपाल धोएपछि कन्डिसनरको प्रयोग गर्नाले कपालमा पोषण प्रदान गर्न मद्दत गर्नुका साथै कपाललाई थप क्षतिबाट रोक्छ ।

कन्डिसनिङ् गर्नाले कपाल स्वस्थ हुन्छस् र स्वस्थ कपाल छिटो बढ्छ । तातो तेल लिएर कपालमा गरेको मालिसले तनाव हटाउन सक्छ । हरेक हप्ता तातो तेलले कपालको मसाज गर्नाले कपाल स्वस्थ रहनुका साथै, कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।

नरिवल, जैतुन वा लेभेण्डरको तेलको प्रयोग गरेर कपाललाई सुन्दर, चमकिलो र छिटो बढ्न मद्दत गर्न सक्छ । अत्यधिक कपाल कोर्दा कपाल झर्न सक्ने तथा कपाललाई हानी पुग्न सक्ने सोच मानिसमा रहेको हुन्छ ।

तर, यो साधारणतया प्रयोग गरिने काइयोमा निर्भर गर्छ । सिंथेटिक ब्रिस्टल भएको काइयो वा ब्रसले कपालमा घर्षण पैदा हुन्छ र वास्तवमा कपाललाई हानी पुग्छ । तर, यसको साटो सही ब्रसको प्रयोगले वास्तवमा स्काल्पको रक्तसञ्चार बढाउन सक्छ ।

रातको समयमा सुत्नभन्दा अघि कपाल कोर्नु होस् । यसले कपालको जरालाई बलियो बनाउनुका साथै, र कपाल छिटो बढाउने गर्छ । सुन्दा अनौंठो लाग्न सक्छ तर, कपाललाई उल्टो फ्लिप गर्नुका आश्चर्यजनक फाइदा हुन सक्छ । यसले कपालको लम्बाइलाई समेत बढाउन सक्छ ।

दिनमा केवल केही मिनेटका लागि कपाललाई उल्टो फ्लिप गर्नाले रक्तसञ्चारलाई राम्रो बनाइ कपालको वृद्धि गराउन मद्दत गर्छ ।

jackson ribon