birat ribon

‘प्रसाद २’ : निर्देशक फेरिएपनि कलाकार भने नफेरिने ?

Neuro
‘प्रसाद २’ : निर्देशक फेरिएपनि कलाकार भने नफेरिने ?

विराटनगर, १२ मंसिर । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म प्रसादको प्रिक्वेल बन्ने भएको छ । निर्देशक दिनेश राउतको निर्देशनमा तयार पारिएको चलचित्र प्रसादलाई दर्शक तथा समीक्षकबाट उम्दा प्रतिक्रिया मिलेको थियो ।

फिल्मलाई सुभाष थापाले निर्माण गरेका थिए । अब फिल्म प्रसादका निर्माता सुभाष फिल्मको प्रिक्वेल ‘प्रसाद २’ बनाउने तयारीमा लागेका छन । चलचित्रको कथा अहिले सुशील पौडेलले नै लेखिरहेका छन् ।

cura insider

फिल्म प्रसादमा नम्रता श्रेष्ठ र विपिन कार्कीको मुख्य भूमिका रहेको थियो भने फिल्मको प्रिक्वेलका लागि हालसम्म कुनै पनि कलाकार अनुबन्धित नभएको निर्माण पक्षले जानकारी दिएका छन् ।

फिल्म सिक्वेल नभइ प्रिक्वेल भएका कारण फिल्ममा पुरानै कलाकार दोहोरिन सकिने अनुमान गरिएको छ । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको ‘प्रसाद’ लोकप्रिय भएपछि निर्माता सुभाष थापाले यही नामलाई सापटी लिएर यसको सिक्वेल र प्रिक्वेल बनाउन लागेका हुन् ।

फिल्मलाई लभ डायरिज फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । निर्देशक फेरिएपनि कलाकार भने नफेरिने सम्भावना धेरै छ । अब चाडै नै फिल्म छायांकनमा जाने निर्माणपक्षले जानकारी दिएका छन् ।

jackson ribon