birat ribon

कानून बनाउने सन्दर्भमा दलहरूको प्रशिक्षणमा कमी : सभामुख सापकोटा

Neuro
कानून बनाउने सन्दर्भमा दलहरूको प्रशिक्षणमा कमी : सभामुख सापकोटा

काठमाडौं, १२ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरूमा प्रशिक्षणको कमी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् ।

cura insider

उनले जनमुखी विधेयकहरू निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरूलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताए । सभामुख सापकोटाले राजनीतिक दलहरूभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए ।

त्यसैले पार्टीहरूले सांसदहरूलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने बताए । उनले भने, ‘दलहरूमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननीय सांसदहरूमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदाखेरी त अरुको भर पर्नुप¥यो । बाहिरबाट ल्याएका विज्ञहरूको भर पर्नुप¥यो ।’

‘जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन्, उनीहरूले मात्रै जनमुखी विधेयकहरू बनाउन सक्छन्,’ उनले भने, ‘त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरूभित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन । सामान्य प्रशिक्षणहरू भएको छैन र हामीले संघीय संसदबाट पनि सांसदहरूलाई प्रशिक्षणको वातावरण बनाउन सकेका छैनौं ।’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरूमाथि रहेकोसमेत सभामुख सापकोटाले बताए । पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरूकै भएको बताए ।

यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इक्षा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने उनले बताए ।

jackson ribon