birat ribon

कोभिड संक्रमितको हेरचाह गर्ने मानिसले यस्ता कुरामा ध्यान दिनुपर्छ

Neuro
कोभिड संक्रमितको हेरचाह गर्ने मानिसले यस्ता कुरामा ध्यान दिनुपर्छ

विराटनगर, १२ मंसिर । घरमा कोही पनि कोभिड संक्रमित हुनु परिवारका लागि धेरै चिन्ताजनक र तनावपूर्ण हुन सक्छ । बिरामीको हेरचाह गर्नु महत्त्वपूर्ण हुनुका साथै, भाइरसको संक्रमण सर्ने सम्भावना अत्याधिक बढ्ने हुँदा परिवारका अन्य सदस्यले आफ्नो स्वास्थ्यको पनि रक्षा गर्नु आवश्यक हुन्छ ।

विज्ञका अनुसार कोभिड संक्रमित बसेको क्वार्टर तथा घरमा बस्ने व्यक्तिमा भाइरसको संक्रमण हुने न्यूनतम ५० प्रतिशत जोखिम हुन्छ । हावाबाट सर्नसक्ने तथा लामो समयसम्म घरेलु सतहमा जिवित रहनसक्ने भाइरसको संक्रामक क्षमताले पनि संक्रमण दर बढाउन सक्छ ।

cura insider

त्यसैले घरमा कोही कोभिड संक्रमितसँग बस्नुपर्ने भएको छ भने तल दिइएका सावधानीका उपायहरू अपनाउन आवश्यक हुन्छन्ः

१) संक्रमितसँग जति टाढा रहन सके जोखिम कम हुने हुँदा संक्रमित व्यक्तिसँगको सम्पर्कलाई सीमित राख्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सकेसम्म संक्रमितका लागि कोठा र बाथरूम छुट्टै हुनुपर्छ । संक्रमणबाट मुक्त नभएसम्म उनीहरूले प्रयोग गरेका भाँडा तथा कपडालगायत अन्य सामाग्रीलाई सेयर गर्नु हुँदैन । कम्तिमा सकेसम्म संक्रमितबाट ६ देखि ७ फिट टाढा बस्नु पर्छ ।

२) भाइरसबाट संक्रमित व्यक्तिले कम्तिमा १४ दिनको लागि समाज तथा परिवारका सदस्यबाट आफूलाई आइसोलेशनमा राख्नुपर्छ । यसका साथै, संक्रमितको सम्पर्कमा आएका वा उनीहरूसँग सँगै बस्ने मानिसले पनि १४ दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यसो गर्दा संक्रमित भइहालेको खण्डमा लक्षण देखिने र आफ्नो कारणले अरूलाई संक्रमण सर्ने जोखिम कम हुन्छ ।

३) संक्रमितको हेरविचार गर्ने तथा नजिकमा बस्ने मानिसले घरभित्र पनि मास्कको प्रयोग गर्न महत्त्वपूर्ण हुन्छ । लामो समयसम्म भाइरस हावामा रहनसक्ने हुँदा उच्च ट्रान्समिशन जोखिम रहन्छ ।

४) भाइरसका कणहरू घरको सतह र सामान्य रूपमा छोइएका वस्तुमा लामो समयसम्म रहन सक्छन् । तसर्थ, आफ्नै सुरक्षाको लागि राम्रोसँग घरभित्र सतह तथा पटक–पटक छोइरहने वस्तु सफा गर्न महत्त्वपूर्ण हुन्छ ।

५) अनुहार, मुख, आँखा वा नाकमा छुनु हुँदैन साथै, केही सतहको सम्पर्कमा आउना साथ २० देखि ४० सेकेन्डको लागि साबुन र पानीले हात धुनुपर्छ । साबुन र पानी उपलब्ध नभएमा सेनिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ ।

६) बिरामीको हेरचाह गरेजस्तै बिरामी हेरचाह गर्ने व्यक्तिले पनि स्वास्थ्य तथा प्रतिरक्षा बढाउने खानाको सेवन गर्नुपर्छ । र, सम्भव भएसम्म शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

७) सहयोग र हेरचाह आवश्यक पर्ने भएकोले क्वारेन्टाइन र आइसोलेशनमा बस्न गाह्रो हुनसक्छ । तनाव, डर, चिन्ताबाट टाढा रहनका लागि मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने हुन्छ । यसको लागि साथी, आफन्त तथा परिवारको सदस्यसँग भिडियो कलहरूमार्फत कुरा गर्ने वा एक सुरक्षित सामाजिक दूरीको अपनाएर भेट्न सकिन्छ ।

८) केही दिनको संक्रमितको सम्पर्कमा आएर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएमा ढुक्क हुनु हुँदैन । नेगेटिभ रिपोर्ट आएपनि संक्रमितसँग सम्पर्कमा रहेका कारण सानो लापरवाहीले समेत संक्रमणको जोखिमलाई बढाउने काम गरिरहेको हुन्छ ।

jackson ribon