birat ribon

नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

Neuro
नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

विराटनगर, १२ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ वर्षमा लकडाउन गर्ने चेतावनी दिएका छन् । बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरूको पालना नगरेमा लकडाउन गर्ने जोनसनले चेतावनी दिएका हुन् ।

cura insider

बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरू बनाएको उनले स्मरण गराए ।

‘ती नियमहरूलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरूलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्काे लकडाउन गर्न बाध्य हुने छौँ’, उनले भने ।

नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरूको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्काे प्रकारको लकडाउन पनि गर्नसक्ने उनले बताए ।

उनले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरू बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि उल्लेख गरे ।

अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुनसक्ने उनको भनाइ थियो । रासस

jackson ribon