birat ribon

फिन्च र स्मिथको शतक, अष्ट्रेलियाद्वारा भारतलाई बलियो लक्ष्य

Neuro
फिन्च र स्मिथको शतक, अष्ट्रेलियाद्वारा भारतलाई बलियो लक्ष्य

विराटनगर, १२ मंसिर । घरेलु टोली अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३७५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

cura insider

शुक्रबार सिड्नीमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ५० ओभर खेल्दा ६ विकेटको क्षतिमा ३७४ रन बनायो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतकीय पारी खेले । फिन्चले ९ चौका र २ छक्काको सहयतामा ११४ रन बनाए । फिन्चको यो १७औं एकदिवसीय शतक हो ।

यता, स्मिथले भने ११ चौका र ४ छक्काको सहयतामा १०५ रनको शतकीय इनिङ्स खेले । उनको यो दसौं एकदिवसीय शतक हो ।

यसैगरी डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले ४५ रन बनाए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले समान १–१ विकेट लिए ।

jackson ribon