birat ribon

मोदीलाई ओलीको सन्देश : वार्ताबाटै सीमा विवादको समस्या समाधान गराैं

Neuro
मोदीलाई ओलीको सन्देश : वार्ताबाटै सीमा विवादको समस्या समाधान गराैं

काठमाडौ., १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवादलगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् ।

cura insider

दुई दिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गलामार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् ।

बिहीबार साँझ बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवादलगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरूलाई वार्ताको माध्यमबाट समधान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले आफूहरूले पनि वार्ताकै माध्यमबाट समस्याहरू समाधान गर्न चाहेको बताए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘भारतीले विदेश सचिवले हाम्रा समस्याहरूलाई वार्ताद्वारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौं । नयाँ उचाईमा पुर्‍याउन चाहन्छौं । त्यसका लागि हामीले हामीसित रहेका केही समस्याहरू छन् तिनिहरूको समस्या संवादको माध्यमबाट गर्नुपर्छ । सीमालगायतका सबै विषयहरूलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौं त्यो हल गरेर नै हामीले समस्याहरूलाई थाति राखेर होइन, तिनिहरूको समाधान गर्दै अगाडि जाँदा नै नेपाल भारत सम्बन्धले नयाँ उचाई प्राप्त गर्दछ ।’’

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरूले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताए । नेपाल सुरुबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सुरुदेखि वार्ताको पक्षमा रहेका छौं र अहिले पनि हाम्रो मान्यता वार्ताको माध्यमबाट हाम्रा समस्या समाधान गरौं । यद्दपि, यी समस्याहरू हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्याहरू होइनन् ।’

डा. भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्याहरू तिनिहरूको समाधान अहिले हामीले गरेर जान सक्दाखेरि म पनि र भारतीय प्रधानमन्त्री मोदीजी पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिवद्धता मान्यताबाट अगाडि निर्देशित छ । र, त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं ।’’

वार्ताका लागि विभिन्न संयन्त्रहरू निर्माण भएपनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उनले बताए ।

परराष्ट्रमन्त्रीस्तरीय बैठकको मिति टुंगिएपछि बैठक बस्ने तय भएको पनि उनले बताए ।

jackson ribon