birat ribon

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण (फोटो फिचर)

Neuro
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण (फोटो फिचर)

काठमाडौँ, १२ मंसिर । बिहीबारबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरसका कारण ९ महिनापछि कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गरेको हो ।

cura insider

प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।

यद्यपि कप्तान ज्ञानेन्द्र मल्लसहित पाँचजना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले मैदान उत्रिएका छैनन् ।

गत मंगलबार गरिको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । बसन्त रेग्मी पनि संक्रमित छन् ।

अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, विक्रम शोभ र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

jackson ribon