birat ribon

जाडोमा मुला सेवन गर्नैपर्ने कारण यस्तो

Neuro
जाडोमा मुला सेवन गर्नैपर्ने कारण यस्तो

विराटनगर, १२ मंसिर । जाडोको मौसममा धेरैजसो पाइने तरकारीमध्ये मुला पनि एक हो ।
मुलालाई काँचै, तरकारी, अचार, सलादको रूपमा सेवन गर्न सकिन्छ ।

मुलाको पत्ता, फल तथा फूल सबैको सेवन गर्न सकिन्छ । आयुर्वेदका अनुसार मुलाको सेवन गर्दा स्वास्थ्यमा अनेकौं फाइदाहरू हुन्छन् । मुलामा पाइने रसायनिक यौगिकले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

cura insider

मुलाको नियमित सेवनले एक प्राकृतिक प्रोटिन हार्मोन उत्पादन बढाउँछ, जसले उच्चस्तरले इन्सुलिन प्रतिरोधको विरुद्ध सुरक्षा प्रदान गर्छ । मुलामा पाइने एक एन्टिअक्सिडेन्टले मधुमेहको गठनलाई रोक्ने काम गर्छ ।

मुलामा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको ज्योतिलाई बढाउन सहयोग पुर्‍याइरहेको हुन्छ ।

एन्टीअक्सिडेन्ट र क्यानशियम र पोटेशियमलगायतका खनिजले भरिएको हुँदा जाडोमा मुलाको सेवनले उच्च रक्तचापलाई कम गर्न तथा हृदय रोगको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ । साथै, मुला रगत प्रवाह सुधार गर्ने प्राकृतिक नाइट्रेट्सको पनि राम्रो स्रोत मानिन्छ ।

मुलामा पर्याप्त मात्रामा ग्लुकोसिनोलेट नामक सल्फर यौगिक हुन्छ, जसले ट्यूमर कोषको वृद्धिलाई रोक्छ । सल्फर यौगिकहरू टुक्रा भएर क्यान्सर पैदा गर्ने पदार्थलाई हटाउँछ र ट्यूमर विकासलाई समेत रोक्ने गर्छ ।

मुलामा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसले पाचन प्रणालीलाई पर्याप्त मात्रामा फाइबर प्रदान गरी पाचन प्रक्रियालाई उत्तेजित गर्दछ । उच्च फाइबर डाईटले फोहोर सार्न सहयोग गरेर कब्जियत हुनबाट र पाइल्सको समस्याबाट बचाउँछ ।

योबाहेक, मुलाको सेवनले पित्त स्रावलाई पनि नियमित गर्छ, जसले कलेजो र पित्ताशयको स्वास्थ्यलाई सुरक्षा प्रदान गर्छ ।

मुलाको रसले सुन्निने समस्या तथा मूत्र पथको संक्रमण (युटिआइ)सँग सम्बन्धित पोल्ने समस्यालाई कम गर्न मद्दत गर्छ । मुलाको सेवनले शरीरमा भएमा थप विषाक्त पदार्थलाई बाहिर निष्काशन गर्न प्रभावकारी हुन्छ, जसले मृगौला र मूत्र पथमा हुने संक्रमणबाट बचाउने गर्छ ।

मुलामा पाइने केही कम्पाउन्डले कलेजोलाई डिटोक्सिफाई गर्न र भएको क्षतिलाई निको पार्न मद्दत गर्दछ । साथै, मुलाका भएको प्राकृतिक एन्टिफंगल गुणले फंगलको संक्रमण हटाउन सक्ने क्षमता हुन्छ ।

jackson ribon