birat ribon

सरकारले भन्यो : शरणार्थीको कोरोनाको परीक्षण र उपचार नेपाली नागरिकसरह गर्नू

Neuro
सरकारले भन्यो : शरणार्थीको कोरोनाको परीक्षण र उपचार नेपाली नागरिकसरह गर्नू

काठमाडौं, १२ मंसिर । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोरोनाको पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका हुन् ।

सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रूपमा विदेशीहरू बस्दै आएका छन् ।

jackson ribon