birat ribon

प्रहरीमाथि अण्डा प्रहार गर्दा २१ महिनाको जेल सजाय

Neuro
प्रहरीमाथि अण्डा प्रहार गर्दा २१ महिनाको जेल सजाय

विराटनगर, १२ मंसिर । चीनले जारी गरेको नयाँ सुरक्षा नीतिको विरुद्ध ३१ वर्षीय युवकले प्रहरी चौकीमा अण्डा प्रहार गर्दा हंङकङ अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ ।

cura insider

आन्दोलनका क्रममा प्रहरी चौकीमा अण्डा प्रहार गरेका युवकलाई कारागारको सजाय सुनाएको हो । बिहीबार सजाय सुनाउने क्रममा मजिस्ट्रेट विनी लोले भने, ‘अण्डा विनाश गर्ने हतियार होइन, तर प्रहरी चौकीमा त्यस्ता बस्तुहरू फ्यालिँदा सुरक्षा बललाई असन्तुष्ट बनाउनको साथै कानुनको मजाक उडाइयो र यस्ता कार्यले समाजमा जोखिम बढायो ।’

हङकङ अदालतले गत वर्षको जुन महिनायता राजनीति अशान्ति बढेसँगै हजारौंको संख्यामा पक्राउ परेकाहरूको मुद्दा हेरेको थियो ।

बेइजिङले हङकंङलाई आफ्नो अधिनमा लिने प्रयार गरेसँगै हंङकङ अदालतले विभिन्न प्रकारका दवावहरूको सामना गर्नुपरेको छ । जसले गर्दा आन्दोलनमा पक्राउ परेकाहरूलाई कठोर सजाएको मुद्दाहरू चलाउन वाध्य भएको समाचारमा जनाइएको छ ।

जुलाई महिनामा चिनियाँ अधिकारीहरूले हंङकङका लागि राष्ट्रिय सुरक्षा कानुन पेश गरेका थिए । जसमा बाहिरीय शक्तिको सहयोगमा चीन विरोधी गतिविधि र विरोध गरिएमा त्यसलाई अपराधिक कृयाकलाप मानिने छ भनी उल्लेख गरिएको थियो ।

jackson ribon