birat ribon

नोबेलमा विद्यार्थीलाई मनपरी जरिवाना

Neuro
नोबेलमा विद्यार्थीलाई मनपरी जरिवाना

विराटनगर, १२ मंसिर । नोबेल मेडिकल कलेज विराटनगरले मनपरी रूपमा जरिवाना असुल गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

cura insider

‘डिम्पलोमा इन फार्मेशी’ र ल्याब टेक्निसियन विषय अध्ययनरत विद्यार्थीले समयमा नै शुल्क नबुझाएका कारण मनपरी रूपमा जरिवाना असुल गरेको गुनासो गरेका हुन् ।

डिम्पोलामा इन फार्मेसीको तीन वर्षको कोर्ष पूरा गरेको शुल्क नोबेलले ३ लाख ३७ हजार रुपैयाँ तोकेको छ । तर कोरोना महामारीका कारण समयमा नै पैसा बुझाउन नपाएका विद्यार्थीसँग १ लाख २० हजारसम्म जरिवाना तिर्नुपर्ने बताएको छ ।

नोबेलले बनाएको मापदण्डअनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३÷३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।

कोरोना संक्रमणको त्रास सामान्य बन्दै गएपछि नोबेलमा परीक्षा फारम भर्न आएका विराटनगरबाट डिम्पलोमा इन फार्मेसीको चौथो वर्षमा जरिवना मात्र १ लाख २० हजार १ सय ६० रुपैयाँ मागेको एक विद्यार्थीले बताए ।

जरिवाना रकम नुबझाए ब्याक परीक्षाबाट बञ्चित गराइदिने धम्की पनि दिँदै आएको ती विद्यार्थीको गुनासो छ ।

फार्मेसीका विद्यार्थीसँग जस्तै नोबेलले ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत चर्काे जरिवाना असुल गरेको विद्यार्थीको गुनासो छ ।

विराटनगका युवा योगराज आशिष दाहालले आफ्नो फेसबुकमा नोबेलले जरिवानावापत मनपरी शुल्क असुलेको गुनासो गरेका छन् । विद्यार्थीले बुझाउनुपर्ने ३८ हजार भएपनि त्यसमा ६० हजार थपेर ९८ हजार बुझाउनु परेको उल्लेख दाहालले गरेका छन् ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कलेजले तोकिएको भन्दा बढी जरिवाना नलिएको बताए । भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौताका आधारमा जरिवाना लिएको प्रतिक्रिया दिए ।

jackson ribon