birat ribon

भतिजको कुटाइबाट काकाको ज्यान गयो

Neuro
भतिजको कुटाइबाट काकाको ज्यान गयो

जलेश्वर, १२ मंसिर । महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको हो ।

६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

cura insider

बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनको स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए ।

प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

jackson ribon