birat ribon

जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

Neuro
जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

विराटनगर, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिका –४ मा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

गुल्मी प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठका अनुसार इस्माबाट तम्घास आउँदै गरेको नौ जना सवार लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा इस्मा गाउँपालिका–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको एसपी श्रेष्ठले बताए ।

cura insider

जीप सडकबाट करिब चार सय मिटर तल खसेर भएको दुर्घटनामा इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । चालक बुद्ध बस्नेत सकुशल छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

jackson ribon