विराटनगर, १२ मंसिर । प्रहरीले बिहीबार राति विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई राति ९ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।