birat ribon

मिलान र लिलेले अंक बाँडे

Neuro
मिलान र लिलेले अंक बाँडे

विराटनगर, १२ मंसिर । युरोपा लिगमा इटालियन क्लब एसी मिलान र फ्रेन्च क्लब लिलेले बराबरी खेलेका छन् । बिहीबार राति भएको समूह चरणको चौथो खेलमा लिले र मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिलेको मैदानमा मिलानले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औं मिनेटमा सामु कास्टिलेजोले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए ।

cura insider

६५औं मिनेटमा लिलेका जोनाथन बाम्बाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

बराबरीसँगै लिलेले ८ अंक बनाएको छ । ऊ समूह ‘एफ’को शीर्ष स्थानमा छ । मिलान भने ७ अंकसहित दोस्रो स्थानमा छ ।

jackson ribon