birat ribon

टोटनह्यामको शानदार जित

Neuro
टोटनह्यामको शानदार जित

विराटनगर, १२ मंसिर । यूईएफए युरोपा लिगमा टोटनह्याम हटस्परले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले लुडोगोरेट्समाथि ४–० गोल अन्तरको शानदार जित दर्ता गराएको हो ।

टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन कार्लोस भिनिसियसले दुई गोल गर्दा ह्यारी विंक्स र लुकास मौराले समान १–१ गोल गरे ।

cura insider

भिनिसियसले खेलको १६औं र ३४औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

६३औं मिनेटमा विंक्सले र ७३औं मिनेटमा मौराले गोल गरेपछि टोटनह्यामले ४–० गोलको शानदार जित निकालेको हो ।

जितसँगै टोटनह्यामले ४ खेलबाट ९ अंक जोडेको छ । ऊ समूह ‘जे’को दोस्रो स्थानमा छ । अंकविहीन लुडोगोरेट्स भने चौथो स्थानमा छ ।

jackson ribon