birat ribon

सहज जित निकाल्दै आर्सनल अघिल्लो चरणमा

Neuro
सहज जित निकाल्दै आर्सनल अघिल्लो चरणमा

विराटनगर, १२ मंसिर । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले सहज जित दर्ता गराएको छ ।

cura insider

बिहीबार राति भएको समूह चरणको चौथो खेलमा आर्सनलले मोल्डेमाथि ३–० गोलको सहज जित निकालेको हो ।

मोल्डेको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन निकोलास पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।

५५औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउँदा ८३औं मिनेटमा बालोगनले गोल गर्दै ३–० गोलको जित निकाले ।

जितसँगै समूह ‘बी’मा रहेको आर्सनल अपराजित रहँदै अघिल्लो चरणमा प्रवेश गरेकाे छ । उसले ४ खेलमा १२ अंक जोडेको छ । मोल्डे भने ६ अंकका साथ दोस्रो स्थानमा छ ।

jackson ribon