birat ribon

नाली निर्माणमा कमसल सामग्री

Neuro
नाली निर्माणमा कमसल सामग्री

विराटनगर, १२ मंसिर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कुलदेखि उत्तरपूर्वको सडकको १ सय ७३ दशवलब २ मिटरको नाली निर्माणमा अनियमितता भएको पाइएको छ ।

उपभोक्ता समिति मार्फत निर्माण भएको सडकको नालीमा ‘स्टिमेट’ भन्दा बाहिर गएर अनियमितता गरि गुणस्तरहीन काम गरेको तथ्य भेटिएपछि भत्काइएको छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहितको प्राविधिक टोलीले बिहीबार विराटनगर १३ बिकेभिएम स्कूलदेखि उत्तर पूर्वको सडकको नाली निर्माणमा गुणस्तरहिन काम भएको प्रमाणित भएपछि करिब निर्माण पूरा भएको १ सय ५० मिटर नाला भत्काएको हो ।

cura insider

इन्जिनियरले तयार पारेको स्टिमेटमा ओपीसी सिमेन्ट र १ नम्बर इट्टा प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, यहाँ नाली निर्माणमा कमसल तीन नम्बर इट्टा र पिपिसि सिमेन्ट प्रयोग गरिएको अनुगमनको क्रममा भेटिएको छ ।

स्टिमेट भन्दा बाहिर गएर ३ नम्बर इट्टा र पीपीसी समेन्टको प्रयोग गरि गुणस्तरहिन काम गरेको भेटिएपछि निर्माणको काम अहिले रोकिएको छ । स्टिमेटभन्दा बाहिर गएर ओपीसिभन्दा १ सय ५० प्रति बोरा सस्तो पिपिसी र ५ रुपैयाँ प्रति गोटा सस्तो इँटा प्रयोग भएको भेटिएको हो । स्टिमेटभन्दा बाहिर गएर कमसल सामग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको नालाको इँट्टा र ढलाइ उप्किन थालेको स्थानीय बताउँछन् ।

सो नालाको उपभोक्ता समितिका अध्यक्ष सिम्मी शाह, उपाध्यक्ष विमा झा, सचिब देवी कुमारी र कोषाध्यक्ष शर्मिाला सिंह छन् । उपभोक्ता समितिमार्फत निर्माण भएको भनिए पनि नाली निर्माण गर्ने जिम्मा विराटनगर–१३ का वडाअध्यक्ष झरिलाल महतोका नजिकका मान्छे देबनारायण यादवलाई दिएको छ । स्टिमेट भन्दा बाहिर गएर उपभोक्ता समिति, नाली निर्माणको जिम्मा लिएका यादव र वडाअध्यक्ष महतोको मिलेमतोमा अनियमितता गर्ने योजना रहेको स्थानीयको आरोप छ । ब्लाष्ट टाइम्स दैनिकमा समाचार छ

jackson ribon