birat ribon

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

Neuro
दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

विराटनगर, १२ मंसिर । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ ।

cura insider

नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् । विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई देशको समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताए । ‘वार्ता एकदमै उपलब्धिमूलक भयो,’ उनले भने, ‘वार्ताका एजेन्डा बृहत् रहेको छ ।’ उनले बैठकमा आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै भारतीय दूतावासले दुवै पक्षको थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ दूतावासले भनेको छ ।

एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो । सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व शृंगलाले गरेका थिए । राजधानी दैनिकमा समाचार छ

jackson ribon