birat ribon

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

Neuro
कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

विराटनगर, १२ मंसिर । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ ।

cura insider

कोरोना पुष्टि भएकाहरुलाई संक्रमणमुक्त हुन धेरै समय लाग्ने गरेको हो । पछिल्लो समय संक्रमण पुष्टि भएका अधिकांशलाई कोरोना जित्न एक महिना बढी समय लाग्न थालेको छ । तर चिकित्सक लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् ।

चिकित्सकले नियमित काममा निस्कन मिल्ने भने पनि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् ।

१४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो ।

अस्पतालका प्रवक्ता तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला लक्षणविहीन सङ्क्रमित नौ दिनपछि र लक्षण भएको सङ्क्रमित १४ दिनपछि नियमित काममा निस्कन सक्ने बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार अघि बढ्नुपर्ने भन्दै उनले परीक्षण गर्दा सङ्क्रमण मुक्त (नेगेटिभ) हुनेको नतिजा आउने आशामा पैसा खर्च नगर्न आग्रह गरे ।

अर्का सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले लक्षण भएको अवस्थामा १४ दिन र लक्षण नभएको अवस्थामा नौ दिनपछि कोरोना परीक्षण गर्नुपर्ने बताउँछन् । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon