Rumpum Advertisement

विश्वमा छ करोड १२ लाख बढीलाई संक्रमण, १४ लाख ३६ हजार बढीको मृत्यु

विश्वमा छ करोड १२ लाख बढीलाई संक्रमण, १४ लाख ३६ हजार बढीको मृत्यु

विराटनगर, १२ मंसिर । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या छ करोड १२ लाख बढी पुगेको छ ।

एकै दिन पाँच लाख २६ हजार नौ सय ६१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या छ करोड १२ लाख ७७ हजार नौ सय १९ पुगेको हो । कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख ३६ हजार बढी रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार सात सय ७२ जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ लाख ३६ हजार सात सय ९६ पुगेको हो ।

विश्वमा संक्रमितमध्ये चार करोड २३ लाख ६८ हजार तीन सय १३ जना निको भएर घर फर्किएका छन् । एक करोड ७४ लाख ७२ हजार आठ सय १० जना उपचाररत छन् । संक्रमितमध्ये एक लाख चार हजार सात सय २६ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा एक करोड ३२ लाख ४३ हजार चार सय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख दुई हजार आठ सय ११ नयाँ संक्रमित थपिए । कोरोनाका कारण दुई लाख ६९ हजार चार सय ८६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३७ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये ७८ लाख ४० हजार चार सय आठ जना निको भइसकेका छन् । ५१ लाख ३३ हजार पाँच सय ३० जना उपचाररत रहेकोमा २४ हजार दुई सय नौ जनाको अवस्था गम्भीर छ ।

भारतमा ९३ लाख आठ हजार सात सय ५१ जनामा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा २४ हजार ५४ जना नयाँ संक्रमित थपिए । हालसम्म एक लाख ३५ हजार सात सय ३४ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन चार सय ७३ जना संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये ८७ लाख १६ हजार पाँच सय ६६ जना निको भएर घर फर्किएका छन् । चार लाख ५६ हजार चार सय ५१ उपचाररत रहेका छन् । संक्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा ६२ लाख चार हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३७ हजार छ सय ७२ जना नयाँ बिरामी थपिएका छन् । ब्राजिलमा संक्रमणका कारण एक लाख ७१ हजार चार सय ९७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ९८ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ५५ लाख २८ हजार पाँच सय ९९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज भएर कोरोनामुक्त हुँदै घर फर्किएका छन् । पाँच लाख चार हजार चार सय ७४ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

रसियामा २१ लाख ८७ हजार नौ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ३८ हजार ६२ जनाले ज्यान गुमाइसकेका छन् । फ्रान्समा २१ लाख ८३ हजार छ सय ६० जनामा संक्रमण देखिँदा ५० हजार नौ सय ५७ जनाको ज्यान गइसकेको छ । स्पेनमा हालसम्म १६ लाख ३७ हजार आठ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४४ हजार तीन सय ७४ जनाको मृत्यु भइसकेको छ ।