Rumpum Advertisement

कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत

कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत

विराटनगर, ११ मंसिर । नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको दर ९२ प्रतिशत पुगेको छ । बिहीबार थप १४ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभर गरी १६ हजार ७ सय ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसन तथा बाँकी ६ हजार २ सय १८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गम्भीर लक्षण देखिएका ३ सय ३३ जना आइ.सी.यु मा र ५६ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।