Rumpum Advertisement

छालाको सुन्दरताका लागि फाइदाजनक घ्यु, यसरी प्रयोग गर्न सकिन्छ

छालाको सुन्दरताका लागि फाइदाजनक घ्यु, यसरी प्रयोग गर्न सकिन्छ

विराटनगर, ११ मंसिर । खानामा घ्युको सेवनले स्वास्थ्यका लागि मात्र नभएर छालाका लागि पनि धेरै फाइदाजनक हुने हुन्छ ।

खानामा घ्यु थप्दा यसले खानाको स्वाद मात्र बढाउँदैन । घ्युमा धेरै आयुर्वेदिक तत्व हुन्छ जसले अनुहारमा चमक ल्याउन मद्दत गर्छ । घ्युले छालालाई लामो समससम्म जवान देखाइराख्न पनि मद्दत गर्छ ।

घ्युमा भएको भिटामिन ईले बूढोपन निम्त्याउने प्रक्रियालाई ढिलो गराउँछ । त्यसैले घ्युको नियमित सेवनले छालालाई जवान देखाउनुका साथै चाउरीपनबाट मुक्त राख्छ ।

सुक्खा छाला हुने समस्या भएकालाई घ्युले धेरै मद्दत गर्न सक्छ । केही थोपा घ्युलाई लिएर छालामा लगाउनु पर्छ । केवल केही मिनेटको लागि घ्युले मसाज गर्दा मात्र पनि यसले चाँडै नै छालामा एक सुरक्षात्मक कोटिंग विकास गर्छ, जसले सुख्खा छालालाई निको पारी भविष्यमा छालालाई सुख्खा हुनबाट बचाउँछ ।

लगभग ५ चम्मच घ्यु लिएर १० थोपा शरीरमा प्रयोग गरिने इसेन्सियल तेलमा मिलाउनुहोस् । नुहाइसकेपछि शरीरमा यस मिश्रणको प्रयोगले शरीरको छालालाई सबैभन्दा नरम बनाउने छ ।

एक प्राकृतिक लुब्रिक्यान्ट भएकोले, घ्युले ओठलाई चम्किलो र नरम राख्ने काम गर्छ । अलिकति घ्युलाई लिएर ओठमा हल्का मालिस गरेको जसरी लगाउन सकिन्छ ।

सुस्त र थकित आँखाबाट पीडित भएकाले समेत आँखा वरिपरि अलिकति घ्यु लिएर मसाज गर्न सकिन्छ । तर, आँखाको भित्र भने घ्यु पार्नु हुँदैन । आँखाको वरिपरि घ्युले नियमित मालिस गर्दा आँखा पहिले भन्दा उज्यालो देखिनेछ ।

साथै, खाना पकाउँदै गर्दा हात पोलेमा छिटो निको पार्नका लागि पोलेको ठाउँमा थोरै घ्यु लगाउन सकिन्छ ।