Rumpum Advertisement

नेपाल–भारतबीचका समस्या वार्ता र संवादमार्फत् समाधान गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

Neuro
नेपाल–भारतबीचका समस्या वार्ता र संवादमार्फत् समाधान गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका सबै समस्याहरू वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगालासँग बिहीबार बालुवाटारमा शिष्टाचार भेट गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दुईपक्षीय वार्ता र संवादबाट सबै समस्याको समाधान हुनेमा नेपाल विश्वस्त रहेको बताए ।

भेटका क्रममा भारतीय विदेश सचिव श्रींगालाले भारत सरकार वार्ताका माध्यमबाट समस्याहरूको समाधान खोज्न रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।