Rumpum Advertisement

अलबिदा म्याराडोना !

अलबिदा म्याराडोना !

विराटनगर, ११ मंसिर । डिएगो म्याराडोनाको अन्तिम शब्दहरू यहीँ थियो ‘म बिरामी भएको महशुस गरिरहेको छु ।’ दुई हप्ताअघि मस्तिष्कमा रगत जमेको कारण शल्यक्रिया गरी घर लगिएका म्याराडोनाको हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको छ ।

उनी अर्जेन्टिनी फुटबलका प्रख्यात व्यक्ति हुन् । अर्जेन्टिनाले फिफा विश्वकप १९८६ आफ्नो पोल्टामा पार्दा म्याराडोनाको भूमिका महत्वपूर्ण थियो । क्वार्टरफाइनलमा इंल्यान्ड र अर्जेन्टिनाबीच भएको खेलमा म्याराडोनले दुई गोल गरे ।

खेल अर्जेन्टिनाले २–१ गोलान्तरले जित्यो । म्यारोडोनाले खेलको ५१औं र ५५औं मिनेटमा गोल गरेका थिए । मिडफिल्डर हेक्टर इन्रिकेले मिलाइदिएको बलमा म्यारोडोनाले दोस्रो गोल गरे ।

त्यहीँ गोललाई फुटबल इतिहासमा ‘ह्याण्ड अफ गड’ भनि चिनिन्छ । म्यारोडोना आफैंले गोलको बयान गर्दै उक्त वाक्याशं प्रयोग गरेका थिए । पछि सोही गोल शताब्दीको उत्कृष्ट गोलको लागि मनोनितसमेत भयो ।

डिएगो म्याराडोनको जन्म अक्टोबर ३०, १९६० मा भएको थियो । उनको पूरा नाम डिएगो अरमाण्डो म्याराडोना हो । सन् १९८० दशकतिरका सबैभन्दा उत्कृष्ट र महान खेलाडीको रूपमा उनी परिचित थिए र सदैव रहने छन् ।

बल नियन्त्रण गर्न साथै आफ्नो र टिमका साथीहरूको लागि अवसर बनाउन सक्षम खेलाडीमा रूपमा उनी प्रख्यात थिए । म्याराडोना आठ वर्षको उमेरमा लास सिवोलिटास (द लिटल ओनियन्स) नामक फुटबल क्लबमा जोडिन पुगे ।

उनमा फुटबल खेल्ने प्रतिभा सानै उमेरबाट नै देखिएको थियो । उनको उत्कृष्ट प्रदर्शनका कारण उनको टिमले लगातार एक सय ३६ वटा खेलमा जित हासिल गर्न सफल भयो र एउटा राष्ट्रिय च्याम्पियनशिप उपाधि जित्नसमेत सफल भयो ।

उनी १४ बर्षको उमेरमा अर्जेटिनोस् जुनीयर्समा आबद्ध भए र आफ्नो १६औं जन्मदिनको ठ्याक्कै १० दिनअघि क्लबका लागि शीर्ष डिभिजनमा डेब्यू गर्न सफल भए । यसको चार महिनापछि सबैभन्दा कम उमेरको खेलाडीको रूपमा म्यारोडोनाले अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गरे ।

यद्दपि, उनको उमेर कम भएको कारण देखाई १९७८ मा भएको विश्वकप प्रतियोगितामा उनलाई खेल्न दिइएन । यसको एक वर्षपछि अण्डर २० जुनियर वर्ल्डकपमा उनले राष्ट्रिय टिमलाई नेतृत्व गरे ।

सन् १९८१ मा म्याराडोना बोका जुनियर्समा आवद्ध भए र उनको उत्कृष्ट खेलले बोका जुनियर्सले सजिलै च्याम्पियनसिप उपाधि हात पा¥यो । यसपछि १९८२ मा बार्सिलोनामा खेल्नको लागि उनी युरोपतिर लागे र १९८४ मा दुई वर्षे स्पेन बसाई अन्त्य गर्दै इटालियन क्लब नापोलीमा आबद्ध भए ।

उनले १९८४–१९९१ सम्म क्लबबाट खेल्दा कमजोर नापोलीलाई इटालियन फुटबलको उचाईमा पु¥याउन सफल भए । नापोलीमा सात बर्ष बिताएका म्यारोडोनाले दुई सय ५९ खेल खेल्दै एक सय १५ गोल गर्दै दुई इटालियन च्याम्पियन, एक इटालियन कप, एक इटालियन सुपर कप, र एक यूईएफए कप उपाधि जिताएका थिए ।

नापोलीसँग म्यारोडोनाको साथ त्यसबेलाबाट अन्त्य भयो, जब उनलाई कोकिन प्रयोग गरेको आरोपमा अर्जेन्टिनामा समातियो । त्यसपश्चात उनलाई १५ महिनासम्म फुुटबल खेलमा बन्देज लगाइयो । प्रतिबन्ध अन्त्य भएपछि पुनः फुटबल खेल्न थालेका म्यारोडोनाले लागूऔषध मुद्दामा दोस्रो पटक पक्राउ पर्नुअघि स्पेनको सेभिल्ला र अजेन्टिनाको निउवेल्स् ओल्ड ब्वाईका लागि १९९२देखि १९९४ सम्म खेलेका थिए ।

१९९४ मा अमेरिकामा सम्पन्न भएको फुटबल विश्वकपको समूह चरणको दोस्रो खेलमा प्रतिबन्धित औषधि इफिड्राइन प्रयोग गरेको पाइएपछि उनलाई विश्वकप टोलीबाट हटाइएको थियो । दोस्रो प्रतिबन्ध फुकुवा भएपछि १९९५ बाट पुनः फुटबल खेल्न सुरु गरेका उनले बोका जुनियर्सबाट १९९७ मा फुटबलबाट सन्यास घोषणा गरेका थिए ।

विश्वले म्यारोडोनालाई अर्जेन्टिनी राष्ट्रिय जर्सीमा सन् १९८२, १९८६, १९९० र १९९४ को विश्वकपमा देख्यो । १९८६ मा मेक्सिकोमा सम्पन्न भएको विश्वकप अर्जेन्टिनाले जित्दा उनले विश्वलाई आफ्नो जादू देखाएका थिए ।

सोही विश्वकपमा इंल्यान्ड र अर्जेन्टिनाबीच भएको खेल विश्वकप इतिहासमा सधैं सम्झना लायक रहनेछ, सो खेलमा अर्जेन्टिनाले २–१ गोलान्तरको जित हासिल गरेको थियो । उक्त खेलमा म्यारोडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्न सफल भएका थिए ।

१९९४ विश्वकपमा अन्तिम सहभागी जनाएका म्यारोडोनाले पूरा विश्वकप भने खेल्न पाएनन् । लागूऔषध प्रयोग गरेको प्रमाणित भएपछि उनलाई टोलीबाट हटाइएको थियो । म्याराडोनाले १९८७ र १९८९ मा दक्षिण अमेरिकी च्याम्पियनसिप पनि खेलेका थिए । च्याम्पिनसिपभरि उत्कृष्ट खेलेका म्यारोडोनाको मिडफिल्डमा खेल्ने शैली साँच्चिकै अद्भूत थियो ।

अर्जेन्टिनाको तल्लो वर्ग र दक्षिण इटालीको लागि उनी एक महानायक बने, जहाँ उनकै कारण धनी क्लबहरूमाथि नापोली क्लब विजय हुन सकेको थियो । उनले २१ वर्षे खेलाडी जीवनमा चार सय ९० वटा क्लब गेम खेल्दै दुई सय ५९ गोल गर्न सफल भए । अर्जेन्टिनाको तर्फबाट यू२० र राष्ट्रिय टोली गरेर एक सय एक खेल खेलेका म्यारोडोनाले कूल ४१ गोल गरेका छन् ।

विश्वकप १९८६ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका म्यारोडोनाले १९७९, १९८०, १९८१ र १९८६ गरी चार पटक वर्षभरिको उत्कृष्ट फुटबल खेलाडी अवार्ड जितेका थिए । म्यारोडोना २०औं शताब्दीका सर्वोत्कृष्ट खेलाडीसमेत हुन् । फिफाले गरेको सर्वेक्षणले म्यारोडोनालाई उक्त उपाधि दिएको थियो ।

२००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका म्यारोडोनाले दक्षिण अफ्रिकामा आयोजना भएको २०१० विश्वकपमा अर्जेन्टिनालाई क्वाटर फाइनलसम्म पु¥याउन सफल भए पनि अर्जेन्टिनी फुटबल महासंघसँग सम्झौता लम्ब्याउने विषयमा कुरा नमिलेपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिएका थिए ।

लगत्तैं यूएईको अल वसल क्लबको प्रशिक्षण सम्हालेका उनी दोस्रो सिजन नै क्लबबाट टाढिएका थिए । त्यसपछि विभिन्न क्लबलाई सम्हालेका म्यारोडोनाले पछिल्लो पटक म्येक्सिकोको क्लब डोराडेस डे सिनालोवाको जिम्मेवारी सम्हालेका थिए ।