Rumpum Advertisement

‘रियल मड्रिड फरक स्तरमा छ’

Neuro
‘रियल मड्रिड फरक स्तरमा छ’

विराटनगर, ११ मंसिर । इटालियन क्लब इन्टर मिलानका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टेले रियल मड्रिड फरक स्तरमा भएको प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति आफ्नै मैदानमा भएको समूह चरणको खेलमा रियलसँग पराजित भएपछि कोन्टेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

च्याम्पियन्स रियलले इन्टरमाथि दोस्रो जित दर्ता गराएको हो । समूह चरणको चौथो खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि २–० गोलको जित निकालेको हो ।

त्यसअघिको भेटमा रियलले आफ्नै मैदानमा इन्टरमाथि ३–२ गोलको जित निकालेको थियो । गए राति सान सिरोमा रियललाई जिताउन इडेन हाजार्डले एक गोल गरेका थिए । रियलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । इन्टरका अच्राफ हाकिमीले आत्मघाती गोल गरेका थिए ।

‘सुरुआतदेखि नै यो एउटा घमसान लडाइँ रह्यो’, उनले खेलपछि भनेका छन्, ‘जसमा हामी पछि प¥यौं । यो पहिलो पनि कठिन थियो, दोस्रो पनि कठिन रह्यो किनकि भिडालले मदान छोडे । हामी महान टोलीसँग जित निकाल्न असमर्थ भयौं ।’

‘रियल मड्रिड जस्तो टोलीसँग खेल्न कठिन त छ नै । तर, दुवै खेलमा स्तब्ध भयौं । मेरो विचारमा हामी र उनीहरूबीचमा केही फरक छ । उनीहरू अहिले फरक स्तरमा छन्’, कोन्टेले थपे ।

जितसँगै रियल समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ७ अंक जोडेको छ । इन्टर भने २ अंकका साथ पुछारमा रहेको छ ।

सोही समूहको मोन्चेनग्लाडबाचले शख्तर डोनेस्कमाथि ४–० गोलको जित निकालेको छ । मोन्चेनग्लाडबाच ८ अंकसहित शीर्ष स्थानमा छ भने डोनेस्क ४ अंकसहित तेस्रो स्थानमा छ ।