birat ribon

टिभी हेरेर खाने बानीले मोटोपन निम्त्याउँछ, यसरी गर्नुहोस् नियन्त्रण

Neuro
टिभी हेरेर खाने बानीले मोटोपन निम्त्याउँछ, यसरी गर्नुहोस् नियन्त्रण

विराटनगर, ११ मंसिर । टिभी हेर्दै खानु एक सामान्य बानी हो ।

cura insider

अधिकांश मानिस टिभी हेरेर खाना खाने गर्छन् । तर, टिभी हेर्दै खाने बानीले सामान्यतया हाम्रो भोकको ट्रैक हराउँछ जसले परिणामस्वरूप थाहा नदिई अनावश्यक तौल बढाइरहेको हुन्छ । खाना खाँदा, ध्यान खानाबाहेक यताउति चलाउनु हुँदैन भनेर याद राख्न धेरै महत्वपूर्ण हुन्छ । खाइरहेको बेला टिभी हेर्दा ध्यान विचलित भई या त छिटोछिटो खाने वा धेरै खाने गरिन्छ ।

खानाको स्वादले खानाको सेवन नियन्त्रण गर्न मद्दत गर्छ । पेट भरेपछि यसले मस्तिष्कलाई खान रोक्नका लागि संकेत पठाउँछ । तौल घटाउन खोजिरहेकाले टिभी हेर्दै खाने नराम्रो बानीलाई तुरुन्त छोड्नु पर्छ । खाना खाएपछि मात्र टिभी हेर्न उचित हुन्छ । तर, खाना खाँदै टिभी हेर्ने बानी छ भने यसलाई बिस्तारै हटाउनु पर्ने हुन्छ । यो बानी हटाउन भने भनेजस्तो सहज हुँदैन ।

डाइनिङ टेबलमा बसेर जतिसक्दो शान्त वातावरणमा बसेर खानाको स्वाद लिएर खानु पर्छ । टिभी हेर्दा पपकर्न वा वेफर्स भरिएको ठूलो भाँडो लिए बस्नुहुन्छ भने त्यो सबै पूर्णरुपमा सक्ने सम्भावना धेरै रहन्छ । त्यसैले एक सानो भाँडा आफ्नो हिस्सा लिनुहोस् र खाली भएपछि पुनः थपेर खाने प्रयास नगर्नुहोस् ।

टिभी हेर्दा स्न्याक्स खानुबाहेक अरू कुनै कुरामा पनि संलग्न हुन सकिन्छ । टिभी हेर्दै नेल पालिस लगाउने वा आफ्नो खुट्टा मालिस गर्न सकिन्छ । हातलाई बिभिन्न कामका लागि प्रयोग गरिरहँदा अस्वस्थ्यकर चीजको सेवन कम गरिन्छ । जंक तथा अस्वस्थ खाना खान मन लागेको जस्तो महसुस हुनासाथ एक गिलास पानी पिउनुहोस् । यसले भोकलाई मेटाउन सहयोग गर्छ ।

jackson ribon